अनुष्काले यसरी सुनाइन् मिस वर्ल्डमा सहभागिताको आफ्नो अनुभवः
खासमा मलाई फाइनलको दिनसम्म कुनै पनि प्रतिस्पर्धा जस्तो लागेको थिएन। हामीलाई कुनै बेला पनि ‘जज’ गरेको जस्तो अनुभव भएको थिएन। हरेक दिन हामीले एक अर्कालाई चिन्न पाउने र देशका बारेमा जान्न पाउने गरी छाडिएको थियो।
मिस वर्ल्ड एउटा खुला मैदान जस्तो लाग्यो। त्यहाँ आफ्नो व्यक्तिगत प्रस्तुति दिन सकिन्थ्यो।
त्यहीबेला हामीले अरूसामु नेपाललाई कसरी चिनाउने भन्ने योजनाका साथ अघि बढ्ने योजना बनाएका थियौं। हरेक कुराकानीमा, हरेक घटनामा ‘नेपाल र नेपालीलाई चिनाऔं’ भन्ने अभियान चलायौं। त्यसमा हामी सफल पनि भयौं।
प्रतिस्पर्धा जस्तो नलागेपछि समस्या चाहिं के कुरा निर्णायक हुन्छ भन्नेमा थियो। प्रतियोगितामा अघि बढ्न के कुरामा तयारी गर्ने भन्ने स्पष्ट नहुँदा कुन आधारबाट अगाडि बढ्ने भन्ने अन्योल थियो।
तैपनि हामीले हरेक ठाउँमा भिजिबिलिटी देखाउन खोज्यौं, हरेक ठाउँमा बोल्न खोज्यौं (प्रस्तुति दिन खोज्यौं)। जसका कारण नेपालको ब्याच नलगाई हिँड्दा पनि ‘ए, नेपाल’ भनेर चिनाउन सफल भयौं जस्तो लागेको छ।
विभिन्न देशका उत्कृष्ट प्रतिस्पर्धी आउँदा आफू कता-कता नदेखिए जस्तो अनुभूति पनि हुन्थ्यो। तर, पछि विस्तारै अरूभन्दा फरक हुँदै गएँ। त्यही क्रममा नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने गरी प्रचार गर्ने अवसर पनि मिल्यो।
जति-जति प्रतिस्पर्धा नजिकिँदै गयो, त्यति-त्यति डर तथा जिम्मेवारी पनि बढ्दै जाँदो रहेछ। त्यसक्रममा मल्टिमिडिया अवार्डले निकै राहत दियो।
म हरेक दिन शतप्रतिशत दिनुपर्छ भन्ने सोचका साथ अगाडि बढेकी थिएँ। तनाव लिएर काम गर्दा त्यो अनुहारमा पनि देखिँदो रहेछ। त्यसले आफ्नो प्रस्तुतिमा डर देखिने र कन्फिडेन्स नदेखिने हुन्थ्यो। त्यसकारण रमाएर अघि बढ्ने हाम्रो योजना थियो।
‘ब्यूटी विथ प्रपज’लाई कसरी आफ्नो हातमा पार्ने भन्ने मेरो अर्को योजना थियो। सात महिनासम्म गरेको मिहिनेतलाई १० मिनेटमा प्रस्तुत गर्नु ठूलो चुनौती थियो। त्यो चुनौती पार गर्दै उक्त अवार्ड पनि जित्न सफल भएँ।
अब विगतकै कामलाई निरन्तरता दिने योजना छ। शिक्षा र आयआर्जनका परियोजना अगाडि बढाउने योजना छ। प्रोजेक्टको एउटा चरण पूरा भइसकेको छ। अब अर्को चरणमा गाउँघरमा बनेका उत्पादनहरूलाई बजारसम्म पुर्याउने काम हुन्छ। त्यसको लागि पनि हामीलाई सबैको साथ र सहयोग चाहिन्छ।
" />अनुष्काले यसरी सुनाइन् मिस वर्ल्डमा सहभागिताको आफ्नो अनुभवः

">