मतदातालाई उखुको जुसमा मिसाएर ‘चुनावी रक्सी’, १० जनाको मृत्यु
एजेन्सी। भारतको मेरठमा उम्मेदवारले वितरण गरेको उखुको जुसमा मिसाइएको विषालु रक्सी पिउँदा १० मतदाताको मृत्यु भएको छ। पञ्चायतको प्रधान पदको चुनावमा उम्मेदवारले मतदानअघि उखुको जुसमा रक्सी मिसाएर गाउँबासीलाई वितरण गरेका थिए। प्रहरीले चुनावका दुईजना प्रत्यासीलाई पक्राउ गरेको छ। मेरठमा अप्रिल २६ मा निर्वाचन तोकिएको थियो। उम्मेदवारले अप्रिल २४ का दिन गाउँमा उखुको जुसमा रक्सी मिसाएर बाँडेको प्रहरीले पत्ता लगाएको छ।
प्रतिक्रिया दिनुहोस्