हिन्द–प्रशान्त क्षेत्रमा मजबुत सैन्य उपस्थिति बनाउँदै अमेरिका
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले हिन्द–प्रशान्त क्षेत्रमा मजबुत सैन्य उपस्थिति बनाउने घोषणा गरेका छन्। ‘‘यो काम संघर्ष सुरु गर्नका लागि होइन, अन्य मुलुकलाई यसो गर्नबाट रोक्न अमेरिकाको मजबुत सैन्य उपस्थिति बनाउन लागिएको हो,’’ बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङसँग भने। अमेरिकी संसद्मा बुधबार सम्बोधन गर्दै बाइडेनले यस्तो बताएका हुन्। चीनले उक्त क्षेत्रमा आफ्नो प्रभाव बढाउन थालेपछि अमेरिकाले तयारी थालेको हो।
प्रतिक्रिया दिनुहोस्