काठमाडौंमा चिनियाँ नागरिक पक्रन प्रहरीको ‘अप्रेसन’, १२२ जना पक्राउ
काठमाडौं। पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकले संगठित रूपमा अपराध गर्न लागेको सूचनापछि प्रहरीले आज दिनभर ‘सर्च अप्रेसन’ चलाएको छ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा नेपाल  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा यो कारवाही चलाएका हुन् ।

त्यसक्रममा प्रहरीले काठमाडौंको मनमैजु, बाँसबारी र बुढानिलकण्ठ क्षेत्रमा छापा मार्दा ती ठाउँमा चिनियाँ नागरिक घर भाडामा लिएर बसेकोसमेत खुलेको छ।

“संगठित भएरै अपराध गर्न सक्ने भन्ने माथिल्लो निकायकोसमेत निर्देशन र हामीलाई प्राप्त सूचनापछि अप्रेशन चलाएका हौं”, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, डीआईजी निरजबहादुर शाहीले देखापढीसँग भने, “अहिलेसम्म १२२ जना पक्राउ परेका छन्। अझै अप्रेसन जारी छ।”

उनका अनुसार पक्राउ परेका सबै चिनियाँ नागरिक हुन्। त्यसमा केही महिलासमेत छन्। उनीहरूको साथबाट प्रहरीले करिब ४ सयको हाराहारीमा ल्यापटप बरामद गरेको छ। त्यस्तै मोबाइल लगायतका महत्वपूर्ण अन्य केही कागजातसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

“पर्यटक भएर आए पनि उनीहरूको दैनिक गतिविधि निकै शंकास्पद देखिएको थियो”, डीआईजी शाहीले भने, “निगरानी बढाएर उनीहरूको क्रियाकलाप हेरिरहेका थियौं, त्यसपछि आज अप्रेसन चलाएका हौं।”

उनले ती चिनियाँ नागरिकको योजना के थियो भन्ने अनुसन्धानपछि खुल्ने बताए। आज पक्राउ गर्ने क्रममा केहीले प्रहरीसँग विवादसमेत गरेका थिए। पक्राउ परेका चिनियाँ नागरिकलाई प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंअन्तर्गतका वृत्त र प्रभागहरूमा राखिने जनाएको छ ।

गत भदौमा बैंक ह्याकिङ गर्ने चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङ पक्राउ परेका थिए।

अहिले पक्राउ परेका चिनियाँ नागरिकको योजना बैंकिङ प्रणाली ह्याकिङदेखि अन्य गम्भीर अपराध गर्नेसमेत रहेको हुन सक्ने आशंका प्रहरीको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्