कालोबजारी रोक्न र मजदुरलाई राहत दिन माग
काठमाडौं। निर्यात व्यवसायी महासंघले निषेधाज्ञाको समयमा कालोबजारी हुनसक्ने भन्दै मजदुरलाई राहत दिन माग गरेको छ। महासंघले तीनै तहका सरकारलाई कोभिड १९ का कारण निम्तन सक्ने सम्भावित अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रह समेत गरेको छ। क्वारेन्टाईन, आइसोलेसनको व्यवस्थापन तथा अत्यावश्यकीय औषधि आपूर्तिका लागि आवश्यक प्रणालीलाई चुस्त बनाउन पनि महासंघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्