चीन भन्छ– क्यानबेरा बिरामी छ
एजेन्सी। ताइवान मुद्दामा अस्ट्रेलियाको टिप्पणीलाई लिएर रिसाएको चीनले क्यानबेरालाई एक चीन सिद्धान्त पालना गर्न सुझाएको छ। साउथ चाइना मर्निङ पोस्टअनुसार, अस्ट्रेलियाले ताइवान मुद्दामा बोल्दा संयम र विवेकपूर्ण शब्द प्रयोग गर्ने बेइजिङको अपेक्षा छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेगबिन भन्छन्, ‘‘ताइवान मुद्दामा हस्तक्षेपले चीन–अस्ट्रेलियाबीच सम्बन्ध बिग्रन्छ।’’ चीनको विदेश मन्त्रालयले क्यानबेरा ‘बिरामी’ भएकाले ‘औषधि खानु’ आवश्यक रहेको टिप्पणी गरेको छ।
प्रतिक्रिया दिनुहोस्