चीनसँग स्वास्थ्य उपकरण किन्न भारत तयार, १६ वर्षपछि नीति परिवर्तन एजेन्सी। कोरोनाबाट सर्वाधिक प्रभावित भारतले चीनसँग सबैखाले स्वास्थ्य उपकरण खरिद गर्ने नीति लिएको छ। १६ वर्षपछि भारतले वैदेशिक सहायता प्राप्त गर्ने आफ्नो नीतिमा ठूलो परिवर्तन गर्दै यस्तो निर्णय गरेको हो। नयाँ नीतिबाट भारतलाई चीनसँग अक्सिजन, भ्याक्सिन तथा अन्य चिकित्सा उपकरण किन्ने बाटो खुलेको छ। अहिले कोरोनाविरुद्ध लड्ने काममा भारतलाई मद्दत गर्न पाकिस्तानलगायत थुप्रै देश तयार रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्