दुई लाख २० हजार हिमनदीहरू ‘द्रूत गतिमा’ पग्लिँदै छन् – अध्ययन
अल जजिरा। विज्ञानसम्बन्धी जर्नल ‘नेचर’मा प्रकाशित एक अध्ययनअनुसार विश्वभरका दुई लाख २० हजार हिमनदीहरू ‘द्रूत गतिमा’ पग्लिँदै छन्। बेलायतको अल्स्टर विश्वविद्यालयले नासाको टेर्रा भू-उपग्रहको सन् २०००-२०१९ को डाटाबाट बरफ पग्लने दर सन् २०००-२००४ सम्म वार्षिक २२७ गिगाटन रहेकोमा २०१५ पछि वार्षिक २९८ गिगाटन रहेको जनाएको छ। यसले समुद्री सतह बढ्ने र तटीय शहरहरू डुब्ने खतरा रहेको अध्ययनमा देखाइएको छ।
प्रतिक्रिया दिनुहोस्