कोरोनाविरुद्धको संकटकाल ‘असंवैधानिक’ ठहर, मोल्दोभामा नयाँ निर्वाचनको मिति घोषणा
अलजजिरा। मोल्दोभाको संवैधानिक अदालतले कोरोना नियन्त्रणका लागि लगाइएको संकटकाल असंवैधानिक फैसला गरेपछि देशको पहिलो महिला राष्ट्रपति माइया सान्डुले संसद् विघटन गरी जुलाइ ११ मा निर्वाचन घोषणा गरेकी छिन्। यससँगै हाल रुसपक्षीय वर्चस्व रहेको संसद्मा राष्ट्रपतिझैँ युरोपेली युनियनपक्षीय सांसद्को लागि ढोका खुल्ने अनुमान गरिएको छ। गत मार्चमा मोल्दोभाले कोरोनाविरुद्ध ६०-दिने संकटकाल लगाएपछि नयाँ निर्वाचन अनिश्चित भएको थियो।
प्रतिक्रिया दिनुहोस्