चिनियाँ विदेशमन्त्रीले लेखे भारतीय समकक्षीलाई पत्र बीबीसी। चिनिया विदेशमन्त्री वाङ यीले भारतीय समकक्षी एस जयशंकरलाई पत्र लेख्दै कोरोनाविरुद्धको लडाइँमा आफूहरु भारतसँगै रहेको बताएका छन्। वाङ लेख्छन्, "महामारीविरुद्ध लड्न चीनले बनाएको सामान शीघ्र भारत पुर्‍याइरहेका छौं।" कोरोना भाइरस मानवताका लागि खतरा भएकाले अन्तर्राष्ट्रिय समुदाय एकजुट बन्दै समन्वयका साथ अघि बढ्नु आवश्यक रहेको पनि पत्रमा उल्लेख छ। यसअघि चीनले भारतलाई २५ हजार अक्सिजन कन्सन्ट्रेटर दिने तयारी थालेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्