हत्या अभियोगमा सजाय पाएका सहनी १६ वर्षपछि पक्राउ
<p>सिरहा। सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सजाय पाएका एक व्यक्तिलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। तीनजनाको हत्या अभियोगमा सजाय पाएका सिरहा नगरपालिका–२०, लगडीगदियानीका ६८ वर्षीय हिरवा सहनीलाई प्रहरीले पक्राउ गरेको हो।</p>
<p>सहनीलाई अर्नामा गाउँपालिका–५ का रामनाथ यादव र रामचन्द्र यादवसहित तीनजनाको हत्या अभियोगमा १० माघ २०६० मा अदालतले ३० वर्ष कैद सजायको फैसला गरेको थियो। फैसलापछि सहनी फरार थिए। १३ पुस २०४४ मा सहनीले गोली प्रहार गरी यादवद्वयको हत्या गरेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्