काठमाडौं। २०७२ सालको भूकम्पपछि काठमाडौंको रानीपोखरी यति धेरै चर्चामा आयो, सायद यस्तो चर्चा पहिले कहिल्यै भएको थिएन। चर्चामा रानीपोखरीको सुन्दरता थिएन, बरू यसको कुरूपपन थियो। त्यो कुरूपपनको कारण काठमाडौं महानगरपालिकाको लहड थियो। भूकम्पमा क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण गर्ने भन्दै महानगरले रानीपोखरीको परम्परागत स्वरूप र पहिचान नै नष्ट गर्ने काम गरेको थियो।
रानीपोखरीको ऐतिहासिक महत्व झल्काउने परम्परागत शिल्प र सामग्रीको सट्टा महानगरले यसलाई कंक्रिटको संरचनामा ढाल्ने प्रयास गरेको थियो। तर, सम्पदाप्रेमीहरु यसरी जुर्मुराए कि अन्ततः महानगरको केही जोर चलेन। ढिलै सही, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले यसमा हस्तक्षेप गरे। अनि, बनिसकेका कंक्रिटका संरचना भत्काएर रानीपोखरीलाई यसको परम्परागत स्वरूपमै पुनर्निर्माण गर्ने तथा परम्परागत शिल्प र सामग्री प्रयोग गर्ने निर्णय गरियो।
यही निर्णयअनुसार प्राधिकरणले पूर्णतः आफ्नो रेखदेख र उत्तरदायित्व रहनेगरी रानीपोखरी पुनर्निर्माणको काम ठेक्कामा दियो।
त्यहीअनुसार अघि बढेको पुनर्निर्माणको काम अब सम्पन्न हुने चरणमा छ। प्राधिकरणले आउँदो बैशाख महीनाभित्रमा रानीपोखरीको पुनर्निर्माण सकिने र रानीपोखरी पहिलेकै सुन्दर पोखरीका रूपमा सञ्चालनमा आउने जनाएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार वैशाखसम्म रानीपोखरी पुनर्निर्माणको सम्पूर्ण काम सम्पन्न गर्नेगरी काम भइरहेको छ। रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर सम्पदाविद् र विज्ञहरुको सल्लाहमा ग्रन्थकुट शिखर शैलीमा निर्माण भइरहेको र पोखरीको पिँधमा त्यहीँको काली माटो प्रयोग गरिएकोे उल्लेख गर्दै उनले भने, “पुस मसान्तभित्र पोखरीको पिँधको काम सकिन्छ, मन्दिर र वरिपरिको काम वैशाखभित्र सम्पन्न हुनेछ।”
भूकम्पअघि रानीपोखरी यमपञ्चक शुरू भएदेखि छठ नसकिँदासम्म झकिझकाउ बन्थ्यो। ब्रतालुको घुइँचो लाग्थ्यो। अरू समयमा सर्वसाधारणको प्रवेश सहज नभए पनि भाइटीकामा यो पुरै खुला हुन्थ्यो। दाजुभाई र दिदीबहिनी नहुनेहरु टीका लगाउन यहीँ आइपुग्थे। चार बर्षयता भने त्यो सिलसिला टुटेको छ।
यसबीचमा काठमाडौं महानगरपालिकाको लहडले रानीपोखरीलाई कुरूप मात्र पारेन, करीब तीन करोड रूपैयाँसमेत बालुवामा पानीसरह बनायो। किनभने रानीपोखरीकै अतिक्रमण हुनेगरी बनाइएका कंक्रिट संरचना भत्काउनु पर्यो।
यो सब भएपछि प्राधिकरणले परम्परागत स्वरूपमै रानीपोखरी पुनर्निर्माण गर्न १४ करोड रूपैयाँमा निर्माण सम्झौता गर्यो। सम्झौताअनुसार उपभोक्ता समितिले रानीपोखरीको पोखरी तयार गर्ने काम गरिरहेको छ भने सिएम कन्स्ट्रक्सनले बालगोपालेश्वर मन्दिर र पुल निर्माण तथा त्यहाँ सौन्दर्यकरणको काम गरिरहेको छ।
गएको १४ भदौदेखि काम गरिरहेको सिएम कनस्ट्रक्सनका अध्यक्ष शान्तकुमार श्रेष्ठले मल्लकालीन शैलीमा बालगोपालेश्वर मन्दिर निर्माण भइरहेको बताए। “दैनिक ४५ जना कामदार खटिएका छन्”, उनले भने, “२०७७ बैशाखभित्र पुनर्निर्माणको काम सक्नैपर्ने भएकाले हामी त्यही गतिमा काम गरिरहेका छौं।”
पुरातात्विक हिसाबले रानीपोखरी पुनर्निर्माणको काम गरिरहेको उपभोक्ता समितिले साढे पाँच फिट उचाई, ५२० फिट लम्बाई र ४२० फिट चौडाईको रानीपोखरी पुरानै शैलीमा बन्ने जनाएको छ।
पानी नचुहियोस् भनेर पोखरीमा कालो माटो छापिएको छ। त्यसका लागि भक्तपुर नगरपालिकाले उपलब्ध गराएका अनुभवी कालिगढलाई जिम्मा दिइएको छ।
रानीपोखरीमा पानी कहाँबाट ल्याउने भन्ने प्रश्न पनि छ। उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधर भन्छन्, “त्रि–चन्द्र कलेजको छेउबाट दुई ठाँउमा डिप बोरिङ गर्ने योजना छ। त्यसका साथै रानीपोखरीको चारैतिरबाट आउने असारे पानीलाई शुद्धिकरण गरेर पोखरीमा मिसाउँछौं। अब आउने मेलम्चीको पानी पनि प्रयोग गर्छौं।”
तुलाधरले पनि वैशाखभित्र पोखरी तयार भइसक्ने बताए ।
रानीपोखरी मल्लकालीन राजा प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको असामयिक निधनपछि शोकमा डुबेकी रानीलाई भुलाउन विक्रम सम्वत १७२७ सालमा बनाउन लगाएका थिए। रानीपोखरीको ऐतिहासिक महत्व मात्र छैन, यो कुनै बेला काठमाडौं उपत्यकाको पानी वितरण प्रणालीसित समेत जोडिएको थियो।
काठमाडौंवासीको आशा छ-आउँदो वैशाखपछि फेरि त्यही सुन्दर रानीपोखरी हेर्ने, जहाँ माछा तैरिइरहेको नीलो पोखरी होस्।