कोरोनाविरुद्ध लड्न कर्णालीले छुट्यायो ८४ करोड काठमाडौं। कर्णाली प्रदेश सरकारले कोभिड-१९ नियन्त्रण गर्न ८४ करोड निकासा गरेको छ। आवश्यक पर्ने पूर्वाधार बनाउन प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड तथा जिल्ला अस्पताल र रणनीतिक अस्पताललाई १२ करोड रुपैयाँ निकासा गरेको छ। यसैगरी, प्रदेश सरकारले तत्काल विकास खर्चबाट रकमान्तर गरेर एक अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ। यो रकमबाट तत्काल ५० करोड रुपैयाँ कोभिड कोषमा राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्