गोकर्ण रिसोर्ट र दरबारमार्गको जग्गा भाडा प्रकरणमा लेखाले थाल्यो छानबिन
काठमाडौं। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल ट्रस्टको जग्गा लिजमा दिने सरकारको निर्णयमाथि छानबिन गर्ने भएको छ।

समितिको ७ पुसको बैठकले गोकर्ण फरेस्ट रिसोर्ट र दरबारमार्गको जग्गा भाडामा दिने निर्णयमाथि छानबिन गर्ने भएको हो।

“समितिमा दुवै निर्णय शंकास्पद र गम्भीर प्रकृतिको भनदै सदस्यहरूले कुरा उठाएपछि एक साताभित्र कागजात मगाउने निर्णय भएको छ”, समितिका सचिव डा. रोजनाथ पाण्डेले भने, “सम्झौता र त्यसको औचित्यमाथि छानबिन अघि बढाउँछौँ। अध्ययनका आधारमा अन्य क्षेत्र भाडामाा दिँदा भएका निर्णय पनि हेनुपर्ने हुन सक्छ।”

गोकर्ण रिसोर्ट क्षेत्रको जंगल प्रयोग गर्ने अवधि छ वर्ष बाँकी नै रहँदा २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालिलाईसमय थप्ने सरकारको निर्णय विवादमा परेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टको सञ्चालक समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले समय थप गर्ने निर्णय गरेको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

अर्कातर्फ ट्रस्टको कार्यालयले दरबारमार्गस्थित आफ्नो जग्गामा भवन बनाएर ३० वर्ष लिजमा दिने सम्झौतामा करीब साढे पाँच अर्ब रूपैयाँ अनियमितता भएको भेटिएको छ।

छ अर्ब ९७ करोड रूपैयाँमा भवन बनाएर ३० वर्षसम्म सञ्चालन गरेको प्रस्ताव गरेको थामसेर्कु डेभलपर्सलाई जम्मा एक अर्ब ४० करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको भेटिएको छ।

यसबाट सोझो हिसाब गर्दा कोषलाई ३० वर्षको अवधिमा पाँच अर्ब ५७ करोड रूपैयाँ नोक्सानी हुने देखिन्छ।

नेपाल ट्रस्ट सञ्चालक समितिको बैठकले २८ साउन २०७१ मा दरबारमार्गको एक रोपनी १४ आना जग्गा लिजमा दिने प्रस्ताव स्वीकृत गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्