नेपाल-चीन प्रसारणलाइन: आफ्नो भूमिमा आ-आफै बनाउने सहमति

काठमाडौं। नेपाल र चीन पहिलो अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणमा दुवै मुलुकबीच आफ्नो भूमिमा पर्ने खण्ड आ-आफैं बनाउने सहमति भएको छ।

नेपाल–चीन ग्रीड (प्रसारण लाइन) कनेक्टिभिटी परियोजनाको प्राविधिक समिति (जेटीजी) को बैठकले उक्त सहमति गरेको हो।

यससँगै रसुवागढी नाकाबाट जोड्ने १४९ किमी लामो रातमाटे-जिलोङ नेपाल तर्फको खण्ड ४०० केभी प्रसारण लाइनको निर्माणमा चीनको सहयोगको अपेक्षा टुंगिएको छ।

अब नेपालले रसुवागढीदेखि नुवाकोटको रातमाटेसम्म ७० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने आजको आर्थिक अभियान दैनिकमा समाचार छ।

चीनका राष्ट्रपति सी चिफिङको हालै भएको नेपाल भ्रमणमा उक्त परियोजनामा चीनको सहयोगको प्रतिबद्धता आउनेमा नेपाल सरकार आशावादी थियो।

तर, स्पष्ट रूपमा सोही परियोजनालाई लक्षित गरेर प्रतिबद्धता नआएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

हालसम्म भारतसँग मात्रै अन्तरदेशीय लाइन ल्याइदिए पनि ठूलो कुरा हुने सो परियोजनाका प्रोजेक्ट म्यानेजर कोमलनाथ आत्रेय बताउँछने।

“चीनसँग अन्तरदेशीय प्रसारण लाइन जोड्न सके दक्षिणतर्फ जस्तै उत्तरतर्फ पनि विद्युत आयात निर्यात गर्न बाटो खुल्नेछ”, आत्रेयले भने, “त्यसका लागि यतिन्जेल चीनले संरचना निर्माणमा सहयोग गर्छ की भन्ने आशामा बस्यौँ, नेपालतर्फ नगरेर उसले आफ्नो भूमिमा पर्ने प्रसारण लाइन मात्रै बनाइदियो भने पनि ठूलो कुरा हुन्छ।”

प्रतिक्रिया दिनुहोस्