पक्राउ परेका १२२ जना चिनियाँ नागरिक लिन चार्टर्ड विमान आउँदै

काठमाडौं। अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न १२२ जना चिनियाँलाई प्रहरीले ७ पुसमा काठमाडौंका विभिन्न स्थानमा पक्राउ गर्‍यो।

विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो।

पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन्।

चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरूलाई लिन उतैबाट चार्टर्ड विमान आउँदै छ।

चिनियाँहरूलाई प्रहरीले ठाउँठाउँबाट समूह-समूहमा पक्राउ गरेको हो।

चिनियाँ अधिकारीले दिएको सूचीकै आधारमा मनमैजुका चार, बाँसबारीका दुई र बुढानीलकण्ठको एक घरमा छापा हानी प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

यो अभियान जारी नै रहेने प्रहरी अधिकारीले जनाएको आजको नयाँ पत्रिकामा समाचार छ।

“चिनियाँ पक्षले छ सयजनाको सूची दिएको छ, सोचेभन्दा थोरै मात्र पक्राउ परे, धेरै भागिसकेका हुन सक्छन्। यो अपरेसन जारी रहन्छ”, एक उच्च प्रहरी अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्