निषेधाज्ञा अवज्ञा गर्ने २ हजार ३९ ओटा सवारी साधनलाई होल्डमा राखियो काठमाडौं। निषेधाज्ञाको अवज्ञा गर्ने २ हजार ३९ वटा सवारी साधनलाई होल्डमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ। होल्डमा राखिएकामध्ये १ हजार ४८८ वटा २ पाङ्ग्रे, ३७७ वटा चारपाङग्रे र १७४ वटा ठूला सवारी साधन छन्। ती सवारी साधनलाई बेलुकीमात्र छाडिएको थियो। निशेधाज्ञा अवज्ञा गरी काठमाडौ प्रवेश गर्न खोज्ने २० वटा सवारी साधनलाई नागढुङ्गा र ९० वटालाई भक्तपुर नाकाबाट प्रहरीले फिर्ता पठाइएकोछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्