जमानत मिलेको १२ दिनपछि जेलबाट निस्कीए लालु
एजेन्सी। चारा घोटाला प्रकरणमा उच्च अदालतबाट जमानत मिलेको १२ दिनपछि भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री लालू यादव जेलबाट निस्केका छन्। उनी सन् २०१८ मार्च १९ देखि जेल सजाय भोगिरहेका थिए। अदालतले उनलाई दुई घटनामा सात/सात वर्ष जेल सजाय सुनाएको थियो। अहिले अदालतले दुई फरक सजाय अलगअलग तरिकाले भुक्तानी गर्न भनेको छ।
प्रतिक्रिया दिनुहोस्