भवन हस्तान्तरण नहुँदा तनहुँको जीर्ण कारागारमा खचाखच कैदीबन्दी
निर्माण कम्पनी ऋषि शक्ति बिल्र्डस एण्ड इञ्जिनीयर्स प्रालिले निर्माण सम्पन्न गरे पनि रकम भुक्तानी नभएपछि भवन हस्तान्तरण भएको छैन।
३५  जनाको क्षमता रहेको पुरानो कारागार भवनमा अहिले १४८ जना कैदीबन्दी छन् ।
उनीहरुलाई सुत्न र शौचालय जान समस्या भएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताए।
अधिकारीले भने, “भुक्तानी प्रक्रिया लम्बिएका कारण बन्दीगृह सञ्चालनमा ढिलाइ भएको हो ।”
नयाँ भवनको कारागार व्यवस्था विभागबाट अनुगमन भइसकेको छ ।
कार्यालय भवन, सुरक्षा ब्यारेक र महिला बन्दीगृह गरी तीन भवन मूल्य अभिवृद्धि कर बाहेक छ करोड ४४ लाख रुपैयाँ खर्च गरेर बनाइएको छ।
नयाँ बनेको भवन ८० जना क्षमताको सुविधासम्पन्न छ । दुई तलाको उक्त भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङहल, सोलारको व्यवस्था, एक गोलघर, चिसोतातो पानीले नुहाउने सुविधा राखिएको छ।
कारागारमा स्वास्थ्य दरबन्दी रिक्त हुँदा कैदीबन्दीको स्वास्थ्य उपचारसमेत प्रभावित भएको छ।
कारागारमा कार्यरत अहेब सक्षम घिमिरेको समायोजना भई म्याग्दे गाउँपालिका सरुवा भएपछि असोजदेखि सामान्य बिरामी हुँदा पनि दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको कारागार प्रशासनले जनाएको छ।
कैदीबन्दीलाई उपचारमा बाहिर लैजाँदा सुरक्षा चुनौती थपिएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्