रिलायन्स स्पिनिङ मिल्सको भवनमा आगलागी, ५ करोडको क्षति
काठमाडौं। सुनसरीको ईटहरी उपमहानगरपालिका–१२ खनार चोकस्थित रिलायन्स स्पिनिङ मिल्सको भवनमा आगलागी हुँदा ५ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त भवनको मर्मत गर्ने क्रममा इलेक्ट्रोनिक ग्रिलबाट आगोको झिल्का उडी धागो बनाउने रुवामा सल्किँदा उक्त क्षति भएको हो। आगलागी बिहीबार साँझ भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्