जापानले भारतलाई अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटर दिने एजेन्सी। जापाले भारतलाई ३०० अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटर उपलब्ध गराउने भएको छ। कोरोनाका कारण भारतमा दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ। भारतस्थित जापानी राजदूत सातोसी सुजुकीले भारतलाई आवश्यक सहयोगका लागि जापान तयार रहेको बताएका छन्। दुईदिनअघि मात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा जापानी प्रधानमन्त्री योसिहिदे सुगाले अत्यावश्यक सामग्री सहयोग गर्ने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्