राजदूत आचार्यले भने- भारतमा रहेका नेपालीले धैर्य गरौं काठमाडौं। कोरोना महामारीबाट आक्रान्त बनेको भारतमा रहेका नेपालीहरुलाई धैर्य गर्न भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भनेका छन्। आज एक विज्ञप्ति निकाल्दै उनले नआत्तिइ र बिचलित नभइ शान्त भएर मास्कको अनिवार्य प्रयोग गर्न भारतमा रहेका नेपालीलाई उनले भनेका छन्। उनले भीडभाडबाट टाढा रहन, अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्