कीर्गिस्तान-ताजिकिस्तान हिंसा : पानी विवाद चर्किंदा १३ को मृत्यु, १० हजारलाई अन्यत्र सारियो
बीबीसी। कीर्गिस्तान-ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा पानी विवादसँगै भएको हिंसामा १३ जनाको मृत्यु भएको छ भने १० हजारलाई अन्यत्र सारिएको छ। यससँगै करिब ९० जना घाइते भएको जनाइएको छ। बुधबार दुवै पक्षले एकअर्कालाई ढुंगा हानाहान गरेपछि सुरु भएको द्वन्द्व स्थानीय पानी स्रोतमा सीसीटीभी क्यामेरा राखेको निहुँमा झन् चर्किएको थियो। यसैबीच बिहीबार दुवै पक्षका सेनाबीच गोलीसमेत चलेको थियो।
प्रतिक्रिया दिनुहोस्