दम्पति हत्याको आरोपमा सात जना जेल चलान
महोत्तरी। महोत्तरीका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको हत्या प्रकरणमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। झा दम्पत्तिलाई गत फागुन १० गते ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने राजिन्द्र यादव, विकाश भन्ने बबलु झालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
प्रतिक्रिया दिनुहोस्