निषेधाज्ञा अवज्ञा गर्ने १९ सयभन्दा बढी सवारीसाधन होल्डमा काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९०९ वटा सवारी साधनलाई आज ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामा १ हजार४०९ वटा २ पाङग्रे, १०९ वटा ठूला र बाँकी साना चारपाङग्रे सवारी साधन रहेका छन्। होल्ड गरिएका सवारी साधनलाई बेलुकी मात्र छाडिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भएकोले सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्