बाइडेनको दोस्रो अन्तर्राष्ट्रिय नेतृत्व भेट दक्षिण कोरियाली राष्ट्रपतिसँग, मे २१ मा भेट तय अल जजिरा। दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इन आगामी मे २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस जाने भएका छन्। बाइडेनले राष्ट्रपतीय जिम्मेवारी पाएपछि अन्तर्राष्ट्रिय नेतासँग भेट्न लागेको यो दोस्रोपटक हो। यसअघि उनले जापानी प्रधानमन्त्री योशिहिडे सुगासँग भेटेका थिए। बाइडेनको अहिलेसम्मको दुवै अन्तर्राष्ट्रिय नेतृत्वसँगको भेटमा एसियाली नेताहरू परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्