प्रहरी प्रवक्ता भन्छन्- जोखिम भत्ता हामीले खोजेका पनि छैनौं, पाएका पनि छैनौं काठमाडौं। नेपाल प्रहरीको प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले आफुहरूले जोखिम भत्ता नखोजेको बताएका छन्। कोरोना महामारीको समयमा खटिने फ्रन्टलाइनरलाई जोखिम भत्ता दिने सरकारले निर्णय गरेको थियो। तर, सुरक्षाकर्मीहरूले अहिलेसम्म उक्त भत्ता पाएका छैनन्। प्रवक्ता कुँवरले आफुहरूले भत्ताका लागि भन्दा पनि आफ्नो ड्यूटी गर्दै आएको बताए। "हामीले जोखिम भत्ता खोजेनौं र अहिलेसम्म पाएका पनि छैनौं," प्रवक्ता कुँवरले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्