बाँके। नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवर्द्धनका लागि बाँकेमा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सूचीकृत गरिएको छ।
जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्लास्तरीय पर्यटन प्रवर्द्धन समितिले बाँकेका सात स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेको हो। मंसीर पहिलो साता बाँकेका गन्तव्य पहिचानका लागि तेजविक्रम शाहको अध्यक्षतामा बनेको समितिले बाँकेका सात स्थानीय तहका पर्यटकीय स्थलको सूची तयार गरेको थियो।
गन्तव्य पहिचानका लागि गठित समितिले बाँकेका आठै स्थानीय तहसँगको समन्वयमा पर्यटकीय गन्तव्यको सूची तयार गरेको समितिका अध्यक्ष शाहले जानकारी दिए। शाहका अनुसार नरैनापुर गाउँपालिकाबाहेक सात स्थानीय तहले पर्यटकीय स्थल सूचीकरणका लागि समितिसामु प्रस्ताव गरेका थिए।
समितिले नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, खजुरा गाउँपालिका गौघाटस्थित झोलुङ्गे पुल र गुराँस सामुदायिक वन, बैजनाथ गाउँपालिकाको गाभर होमस्टे, जानकी गाउँपालिकाको जोगागाउँस्थित मन्दिर र तलाउ, राप्तीसोनारीको सिक्टा पुल र ढकेरीको बोटानिकल गार्डेनलाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको छ ।
त्यस्तै, डुडुवा गाउँपालिकाको कमरशा बाबा मजार, कोहलपुर नगरपालिका अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जलाई बाँकेको पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरी सूचीकरण गरिएको छ ।
“बाँकेमा पहिचान गरिएका गन्तव्यहरुको प्रवर्द्धनका लागि प्रचार सामग्री प्रकाशन गर्ने तयारी भैरहेको छ”, जिल्लास्तरीय पर्यटन प्रवर्द्धन समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले भने।
उनले जिल्लामा भ्रमण वर्ष सफल पार्न विभिन्न पाँच उपसमिति बनाएर तयारी गरिरहेको पनि जानकारी दिए। भ्रमण वर्षको अघिल्लो दिन डिसेम्बर ३१ मा बाँकेमा पर्यटन वर्ष शुभारम्भ कार्यक्रम आयोजना गर्ने तयारी छ। रासस