उपभोक्ता ठग्ने तीन मास्क पसलेलाई कारबाही
काठमाडौं। कोरोना महामारीको अवसर छोप्दै मास्कमा कालोबजारी गर्ने तीनवटा पसललाई कारबाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले प्रतिपसले ५ हजार रुपैयाँ जरिवाना गराएको हो। कारबाहीमा पर्नेमा ज्ञानेश्वको अनुज स्टो, यूएण्डबी स्टोर र आरएन स्टोर रहेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्