काठमाडौं। रोहन मुस्तफा र बाबर हायतको अर्धशतकप्रेरित चितवन राइनोजले आज काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले पराजित गर्दै पोखरा प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ।
चितवनले प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाएको छ। चितवनले ५ खेलमा १० अंक जोडेको छ। हारसँगै काठमाडौं गोल्डेन्सले भने प्लेअफ पक्का गरेको छ। चितवन राइनोज शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ।
एक खेल कम खेलेको बुटवल ब्लास्टर दोस्रो स्थानमा छ। बुटवलले अव अन्तिम खेलमा विराटनगर टाइटन्सविरुद्ध खेल्नेछ। इलिमिनेटरमा अब बुटवल र काठमाडौंले खेल्नेछन्।
पोखरा प्रिमियर लिगमा लिग चरणको शीर्ष स्थानमा रहने टोली सिधै फाइनल पुग्छ भने दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि इलिमिनिटर खेल्छन्।
टस हारेर ब्याटिङका लागि निम्त्याइएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो। १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो।
काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। चितवनका कप्तान पारस खड्काले आज ब्याटिङ लाइनअपमा परिवर्तन गरेका थिए। ओपनिङमा ब्याटिङ गर्न आउने पारसले आज करण केसीलाई रोहन मुस्तफासँग ब्याटिङ गर्न पठाएका थिए। तर करणले एक रन मात्र जोड्न सके।
त्यसपछि रोहन मुस्तफाले बाबर हायतसँग दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे। रोहनले ५९ रनमा अविजित रहे। उनले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। बाबरले ४७ बलमा ३ चौका र ६ छक्कासहित ७० रन जोडे। आरिफ शेख र सन्नी पटेलले समान १५ रन जोडे।
काठमाडौंका सुशन भारी, बसन्त रेग्मी, अमरसिंह राउटेलाले समान १/१ विकेट लिए। काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले ४०, पवन सर्राफले २७ र पृथु बास्कोटाले १८ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
काठमाडौंका चार ब्याट्सम्यान शुन्य रनमा पवेलियन फर्किएका थिए। चितवनका रोहन मुस्तफा र सन्नी पटेलले समान २ विकेट लिए। करण केसी, भिम कार्की, रामनरेश गिरी र पारस खड्काले १/१ विकेट लिए।