पन्जाबद्वारा बैंगलोर ३४ रनले पराजित एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राती भएको खेलमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३४ रनले पराजित गरेको छ। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङमा आएको पन्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७९ रन बनायो। १८० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्