खोप अभियान घोषणा गरेको भारतमा भ्याक्सिन अभाव बीबीसी। भारतमा आज(मे १)देखि १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिए पनि भ्याक्सिन अभावले जटिलता उत्पन्न हुन पुगेको छ। भ्याक्सिन लगाउनका लागि सरकारले अप्रिल २८ देखि नामदर्ता गर्न अनुरोध गरेको थियो। तोकिएको उमेर समूहलाई खोप लगाउन नाम दर्ता गर्न लगाए पनि अधिकांश राज्यमा पर्याप्त भ्याक्सिन छैन। यसबाट केन्द्र सरकारको भ्याक्सिन अभियान पूरा हुन कठिन भएको राज्यसरकारहरुले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्