काठमाडौं। एन्फाको कारबाहीमा परेका राष्ट्रिय फुटबल टोलीका चार खेलाडीको निलम्बन अवधि करीब १ महीना घटाइएको छ। एन्फा अनुशासन कमिटीले २७ मंसीरबाट लागू हुनेगरी विमल घर्तिमगर, अन्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई राष्ट्रिय टीम र क्लबबाट समेत खेल्न नपाउने गरी निलम्बन गरेको थियो।
अनुशासन कमिटीले आज गरेको निर्णय अनुसार चारै खेलाडीको निलम्बन ३० कात्तिकबाट लागू हुनेछ। नयाँ निर्णय अनुसार मनाङ मर्स्याङ्दीका अन्जन र त्रिभुवन आर्मीका सन्तोषको निलम्बन १५ पुसमा सकिनेछ भने बिमल र दिनेशको निलम्बन अवधि फागुनमा सकिन्छ।
एन्फाको अनुशासन कमिटीले यसअघि विमल र दिनेशलाई तीन महीना तथा अन्जन र सन्तोषलाई ४५ दिन फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो। साथै सबै खेलाडीलाई ५० हजार रूपैयाँ नगद जरिवाना पनि गरेको थियो। जरिवाना रकममा भने कुनै छुट दिइएको छैन। अनुशासन कमिटीको नयाँ निर्णयले अब चारै खेलाडीले काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न पाउने भएका छन्। तथापी विमल र दिनेशको भने लिगको अन्त्य तिरमात्र खेल्न पाउनेछन्।
एन्फाको कारबाहीविरुद्ध खेलाडी र उनीहरूको क्लबले अपील गरेपछि आज अनुशासन कमिटीले निलम्बनको दिन घटाएको हो। विश्वकप छनोटअन्तर्गत कुवेतविरूद्ध खेल्नका लागि भुटान जाने अघिल्लो रात उनीहरू नाइट क्लब गएका कारण एन्फाले चारै खेलाडीलाई राष्ट्रिय टोलीबाट निस्कासन गरेको थियो।
पढ्नुहोस्
बिमल, अञ्जनसहित चार फुटबलरले 'ए' डिभिजन लिग पनि खेल्न नपाउने