गुजरातको भरुच अस्पतालमा आगलागी, १८ व्यक्तिको मृत्यु एजेन्सी। भारतको गुजरातस्थित भरुच अस्पतालमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्। स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए। आगो केही समयपछि नियन्त्रणमा आएको थियो । स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्