वैज्ञानिकको चेतावनी नमान्दा भारतमा कोरोना अनियन्त्रित
बीबीसी। वैज्ञानिकको फोरमले गत मार्चमा भारतमा कोरोनाको नयाँ भेरियन्ट अधिक फैलिन सक्ने चेतावनी दिएका थिए। तर त्यसलाई बेवास्ता गरिएको फोरमका पाँच वैज्ञानिकले रोयटर्सलाई जानकारी दिएका छन्। वैज्ञानिकहरूको चेतावनीलाई नमानेर थुप्रै कुरामा प्रतिबन्ध नलगाउनाले आजको अवस्था आएको उनीहरूको भनाइ छ। भारतमा निर्धक्क धार्मीक तथा राजनीतिकसभा र अन्य कार्यक्रममा भीड जम्मा हुनु नयाँ भेरियन्ट फैलनुको प्रमुख कारण भएको उनीहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस्