प्रियंका र निकले जुटाए २४ घण्टामा अढाइ करोड भारु
एजेन्सी। कोरोनाले चिन्तित भारतको मद्दतका लागि ग्लोबल स्टार प्रियंका चोपडा र उनका पति निक जोन्सले २४ घण्टामा अढाइ करोड भारु जुटाएका छन्। प्रियंकाले सोसल मिडियामा भिडियो सेयर गर्दै आफ्ना फलोअर्सलाई कोरोनाविरुद्धको लडाइँमा भारतलाई मद्दत गर्न भनेकी थिइन्। कोरोनाका कारण भारतको अर्थव्यवस्था धर्मराएको छ भने कोरोना संक्रमितले उपचार पाउन कठिन बन्दै गएको छ। अस्पतालमा अक्सिजनलगायत औषधिको अभाव छ।
प्रतिक्रिया दिनुहोस्