कन्‍नड अभिनेता अर्जुन गौडा बने एम्बुलेन्स ड्राइभर काठमाडौं। कन्‍नड फिल्म अभिनेता अर्जुन गौडा एम्बुलेन्स ड्राइभर बनेका छन्। कोरोना संक्रमित विरामीलाई ओसारपसार गर्नका लागि उनी एम्बुलेन्स ड्राइभर बनेका हुन्। उनले अहिलेसम्म थुप्रै संक्रमितलाई अस्पतालसम्म पुर्‍याएका छन्। उनले केही कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको अन्तिम संस्कारसमेत गरेका छन्। उनले स्माइल केयर फर अल प्रोजेक्ट अघि सारेका छन्। उनले कर्नाटक राज्यभरका नागरिकको सेवाको लागि २४ सै घण्टा तयार रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्