शाङ्घाईनजिक आँधीका कारण कम्तीमा ११ को मृत्यु एजेन्सी। शाङ्घाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले बताएका छन्। याङ्जे नदीको उत्तरी किनारमा रहेको ८० लाख जनसङ्ख्या रहेको नान्तोङ शहर र वरपरका क्षेत्रमा ठूला असिनासहित आएको आँधीबेरीमा परी उनीहरूको मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्