मङ्गल ग्रहमा उडेको हेलिकप्टरको परीक्षण अवधि लम्बियो बीबीसी। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा उड्ने ‘इन्जेन्युटी’ नामक हेलिकप्टर आयोजनाको समयावधि थप गरेको छ। अब यसले नासाको पर्सिभरेन्स रोभरसँगै मङ्गल ग्रहको अध्ययनमा थप ३० मङ्गल दिन (पृथ्वीको झण्डै ३१ दिन) बिताउनेछ। गत १९ अप्रिलमा मार्समा पहिलोपटक दुई मिटर उचाइमा करिब ४० सेकेन्डसम्म र पछि पाँच मिटरसम्म हेलिकप्टर उडेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्