भारतमा कोभिड व्यवस्थापन गर्न नसकेकोमा प्रधानमन्त्रीको राजीनामा माग्दै अनलाइन पेटिसन
काठमाडौं। कोभिडको दोस्रो लहरबीच महामारीको समयमै व्यवस्थापन गर्न नसकेको भन्दै अनलाइन पेटिसन प्लेटफर्म चेन्ज डट ओआरजीमा प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरिएको छ। म्रुनाल मथुरियाले सुरु गरेको उक्त पेटिसनमा हालसम्म करिब एक लाख ६८ हजारले समर्थन जनाइसकेका छन्। प्रधानमन्त्री आफ्नो राजनीतिक एजेन्डामा केन्द्रित भएको, कुम्भ मेला हुन दिएको, अक्सिजन अभावलाई सम्बोधन नगरेको र पतञ्जलीको कोरोनिलको बखान गरिरहेको आरोप लगाइएको छ।
प्रतिक्रिया दिनुहोस्