अमेरिकाले ताइवान नीति बदल्यो भने चीनमा गम्भीर असर पर्ने! एजेन्सी। अमेरिकी राष्ट्रिय इन्टेलिजेन्स डाइरेक्टर एवरिल हाइनेसले अमेरिकाले ताइवानमाथिको नीति परिवर्तन गरेमा चीन ठूलो संकटमा पर्ने बताएकी छिन्। सिनेटको रक्षा समितिलाई ताइवानबारे जानकारी दिने क्रममा उनले अमेरिकाले ताइवानको रक्षासम्बन्धी कुनै पनि कदम चाल्ने हो भने चीन धर्मराउने दाबी गरेकी हुन्। उनले भनिन्, “अमेरिकाले ताइवानबारे अस्पष्ट नीति लिएको छ। सैन्य मद्दतबारे स्पष्ट नीति लिने हो भने चीन निकै अप्ठेरोमा पर्नेछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्