गुजरातस्थित पटेल हस्पिटलको कोभिड वार्डमा आगलागी
एजेन्सी। भारतको गुजराजस्थित पटेल वेलफेयर हस्पिटलको कोभिड वार्डमा भएको आगलागीमा परी १६ जनाको मृत्यु भएको छ। शुक्रबार राती भएको सो आगलागी अचानक लागेको थियो। हस्पिटलमा ४९ जना बिरामी उपचाररत थिए भने आइसियुमा मात्र २४ जना उपचाररत थिए। सुचना पाउनासाथ प्रहरीको सक्रियतामा सो आगलागी नियन्त्रणमा ल्याइएको थियो। हाल त्यहाँ रहेका बिरामीको अन्य हस्पिटलमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्