आवास गृहलाई अक्सिजनसहितको आइसोलेसन् कक्ष बनाउँदै पत्रकार महासंघ काठमाडौं। नेपाल पत्रकार महासंघले आफ्नो आवास गृहलाई अक्सिजनसहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरेको छ। प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्रीका लागि पहल भइरहेको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताए। महासंघले विभिन्न सामग्री तथा जनशक्तिका लागि सबै संघसंस्थासँग आग्रह समेत गरेको छ। ‘पोर्टेवल अक्सिजन मेसिन’ किन्नका लागि पाइने ठाउँको बारेमा जानकारी दिन अनुरोध गरिएको महासंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्