भारतमा तत्कालै लकडाउन गर्नुपर्छ: डा. फाउची
बीबीसी। अमेरिकाका वरिष्ठ महामारीविद् डा. एन्थोनी फाउचीले भारतमा बढ्दो कोरोना नियन्त्रणका लागि तत्कालै केही साता लकडाउन गरिनुपर्ने बताएका छन्। लकडाउनले भारतलाई कोरोना नियन्त्रणका निम्ति तात्कालिक, मध्यवर्ती र दीर्घकालीन कदम चाल्न सहज हुने उनको भनाइ छ। डा. फाउची अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ हुन्। उनले सातजना अमेरिकी राष्ट्रपतिसँग काम गरिसकेका छन्। उनले भारतमा अनियन्त्रित कोरोनाबारे बोलेर विवादमा पर्न नचाहने पनि बताए।
प्रतिक्रिया दिनुहोस्