तनहुँ। सरकारी सेवा होस् या निजी क्षेत्रको जागिर, जोकोहीलाई अझ माथिल्लो पदमा पुग्ने (बढुवा हुने) आशा हुन्छ। यसकै लागि उनीहरू मरिमेटेर काम गर्छन्, दिनरात नभनी मिहिनेत गर्छन्। त्यतिले नपुगेर पहुँचवालाले भनसुनदेखि ‘सोर्सफोर्स’ पनि लगाउँछन्।
यो सबै पदमा रहँदा हुने हो। अर्थात् बढुवा तिनकै हुन्छ, जो निश्चित पदमा काम गरिरहेका हुन्छन्।
तर, तनहुँका एक शिक्षकको शिक्षण सेवाबाटै अवकाश पाएको सात महीनापछि बढुवा भएको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर ९ मा रहेको बसाहास्थान माध्यमिक विद्यालयका शिक्षक नारायणदत्त पौडेलले अवकाश पाएर घर बसेको सात महीना बितेपछि आफ्नो बढुवा भएको खबर पाए।
पौडेलले गत ५ असारमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए।
२०३५ सालमा शिक्षण सेवामा प्रवेश गरेका पौडेलले माध्यमिक (द्वितीय) तहबाट अवकाश पाएका हुन्। तर, शिक्षक सेवा आयोगले अवकाश पाएको सात महीनापछि गरेको उनको बढुवामा एक तह बढाएको छ। अर्थात्, उनी प्रथम तहमा बढुवा भएका छन्।
पौडेल बढुवा भएको सूचना आयोगले व्यास नगरपालिकाको शिक्षा शाखामा पठाएको छ। यो सूचना पाएपछि पौडेल स्वयम् आश्चर्यमा परेका छन्।
तनहुँमै रहेका उनले देखापढीसँग टेलिफोनमा भने, “मैले पनि यसबारे सुनें। पछि शिक्षा शाखामा सम्पर्क गरेर बुझ्दा मेरो नाम पनि बढुवामा परेर आएको थाहा पाएँ।”
एक वर्ष अघि नै हुनुपर्ने बढुवा एक वर्ष ढिलो हुँदा यस्तो समस्या भएको पौडेलले बताए।
एक वर्ष पहिल्यै बढुवा भइदिएको भए अवकाश पाउनुअघि नै उनी एक तह माथि पुग्थे। त्यसको लाभ उनले पाउने पेन्सनमा समेत हुन्थ्यो। तर, सम्बन्धित निकायको ढिलासुस्ती र लापरवाहीका कारण यो समस्या भएको उनले बताए।
“मैले गत वर्षकै बढुवाको फारम भरेको थिएँ, असारमा उमेर हदका कारण अनिवार्य अवकाश नै पाएँ”, उनले भने, “यति ढिलो आएर बढुवा भयो कि, यसको मलाई अब के काम?”
शिक्षक सेवा आयोगले भने अभिलेख समयमा नआइपुगेर पुरानै अभिलेखमा काम गरेकाले यस्तो भएको जनाएको छ। आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ प्रसाद अर्यालका अनुसार शिक्षक बढुवा अभिलेख आयोगमा ढिला पुगेकाले यस्तो त्रुटी भएको हो।
कार्यसम्पादन मूल्यांकन र बढुवा फारम सम्बन्धित क्षेत्रको क्षेत्रीय शिक्षा निर्देशनालयले गर्ने र सोही आधारमा आयोगले काम गर्ने उनको भनाइ छ। अब पौडेलको बढुवा रद्ध गर्ने र उनको ठाउँमा उनीपछि रहेका वैकल्पिक उम्मेदवारको बढुवा गरिने उनले बताए।
“तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयले अभिलेख ढिलो पठाउँदा यस्तो समस्या भएको रहेछ, अब उहाँपछि रहेका उम्मेदवारको बढुवा हुन्छ”, उनले भने।