काठमाडौं। आज २५ डिसेम्बर अर्थात् क्रिसमस, संसारभरका ईसाइ धर्मवलम्बीको ठूलो चाड। यशु ख्रिस्टको जन्मदिनको अवसरमा मनाइने क्रिसमसलाई कतिपयले ‘पश्चिमाको चाड’ मान्छन्। यसको अनुशरण गर्नेलाई ‘पश्चिमा संस्कृतिको सिको’ भन्छन्।
पश्चिमाको चाड वा पश्चिमा संस्कृति जे भनियोस्, पछिल्लो समय नेपाललगायतका पूर्वी मुलुकमा समेत क्रिसमस धेरैले मनाउने चाड बन्न पुगेको छ। विश्वव्यापीकरणको प्रभाव हुन सक्छ, नेपाली युवा पुस्तामा क्रिसमस आकर्षण अपत्यारिलो तवरले बढेको छ।
क्रिसमसको बढ्दो प्रभावसँगै यो चाडमा ‘क्रिसमस ट्री’, ‘क्रिसमस टोपी’ र ‘क्रिशमस ड्रेस’को प्रयोग पनि रफ्तारमा बढिरहेको छ।
बढीजसो युवा र बालबालिकाले क्रिसमसका कपडा र सामग्री धेरै प्रयोग गर्छन्। तर, ती वस्तुको उत्पादन नेपालमै हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ।
पत्यार लाग्नु पनि कसरी ! चाड–पर्व भन्नसाथ हाम्रो किनमेल चुलिन्छ। दशैं, तिहार, छठ जस्ता हाम्रा आफ्नै मौलिक चाड–पर्वमा पनि हामी विदेशबाट आयातित वस्तु निकै बढी खपत गर्छौं। त्यहीकारण ठूला चाड–पर्वका बेला हाम्रो वैदेशिक व्यापार घाटा झन् बढ्छ। अनि ‘पश्चिमाहरूको चाड’मा नेपाली उत्पादन बढेको छ भन्दा पत्यार लागोस् पनि कसरी !
तर, तथ्य यस्तै छ। नेपाल व्यापार तथा प्रवर्द्धन निकासी केन्द्र (टीइपीसी)को तथ्यांकअनुसार क्रिसमसमा प्रयोग हुने वस्तुको उत्पादन स्वदेशमै बढी हुन्छ। उत्पादन मात्र होइन, ती वस्तुको निर्यात पनि हुन्छ। समग्रमा क्रिसमसका लागि गरिने विदेश वस्तुको आयात भन्दा नेपालबाट गरिने वस्तुको निर्यात बढी छ।
यसलाई अझ बुझिने गरी भन्दा ‘क्रिमस ट्री’मा प्रयोग हुने झिलमिले बत्तीबाहेक अधिकांश वस्तुको वैदेशिक व्यापारमा नेपाल नाफाको अवस्थामा छ।
निर्यात केन्द्रको तथ्यांकअनुसार पछिल्लो चार वर्षको क्रिसमसमा नेपालको वैदेशिक व्यापार नाफामा रहेको छ। आर्थिक वर्ष (आव) २०७१/७२ मा ४४ लाखले घाटामा रहेको व्यापार त्यसयता लगातार नाफामा गएको देखिन्छ। आव २०७२/७३ मा ६० लाखले नाफामा थियो भने त्यसयताका वर्षमा क्रिसमसको व्यापार करोडौंको नाफामा देखिन थालेको छ।
गत आर्थिक वर्ष २०७५/७६ मा मात्रै १४ करोड ३९ लाख ६७ हजार रूपैयाँको क्रिसमसजन्य वस्तु र साढे १२ हजारको क्रिसमस ट्रीमा प्रयोग हुने झिलमिले बत्ती निर्यात भएको छ।
जबकि, सोही वर्ष जम्मा ३५ लाख ४६ हजार रूपैयाँका क्रिसमसजन्य वस्तु र ४ करोड ३८ लाख १६ हजार रूपैयाँका झिलमिले बत्ती आयात गरिएको छ। यसले क्रिसमसमा नेपालको वैदेशिक व्यापार फाइदाको अवस्थामा रहेको प्रमाणित गर्छ।
अमेरिकामा सबैभन्दा बढी निर्यात
नेपालबाट १६ देशमा क्रिसमसजन्य वस्तुको निर्यात हुने गरेको छ। त्यसमा सबभन्दा अग्रस्थानमा भने संयुक्त राज्य अमेरिका छ। नेपालबाट गत वर्षको क्रिसमसमा अमेरिकामा मात्रै ८ करोड ५८ लाख रूपैयाँको सामाग्री निर्यात भएको निर्यात केन्द्रले जनाएको छ।
त्यसैगरी, बेलायत दोस्रो स्थानमा छ। बेलायतमा ४ करोड ८८ लाख रूपैयाँ भन्दा बढीको क्रिसमसजन्य वस्तु निर्यात भएको छ।
नेपालबाट क्रिमसजन्य वस्तु निर्यात हुने देशमा अमेरिका र बेलायत मात्र छैनन्। दक्षिण कोरिया, फिलिपिन्स, साउदी अरब, ताइवान, यूएई, क्यानडा, मेक्सिको, इटली, नेदरल्याण्ड्स, स्पेन, स्वीडेन, रसिया र अष्ट्रेलियामा समेत क्रिसमसजन्य वस्तु निर्यात हुँदै आएका छन्।
गार्मेन्ट व्यवसायी महेश बस्यालका अनुसार नेपालमा क्रिसमसमा प्रयोग हुने टोपी, पञ्जा तथा अन्य कपडा उत्पादन हुन्छन्। तिनै सामाग्री क्रिसमसका बेला विदेश निर्यात हुन्छन्। यस्ता वस्तुहरु पश्मिनाबाट समेत बन्छन्।
नेपालबाट उत्पादित क्रिसमस आधारित गार्मेन्ट अमेरिका र यूरोपका देशमा निर्यात हुँदै आएको उनको भनाइ छ। यस्तै, नेपालमा प्रयोग हुने क्रिसमसजन्य गार्मेन्टको उत्पादन नेपालमै हुने गरेको उनले बताए। तर, कति परिमाणमा त्यस्ता वस्तु निर्यात हुन्छन् भन्ने तथ्यांक प्रवर्द्धन केन्द्र र व्यवसायीसँग छैन।
त्यस्तै, नेपालमा निर्मित झिलमिले बत्ती भारततर्फ जाने गरेको पाइएको छ।
चीनबाट धेरै आयात
क्रिसमसका बेला नेपालमा सबभन्दा बढी आयात चीनबाट हुने गरेको छ। गत वर्ष चीनबाट मात्र ४ करोड ५३ लाख रूपैयाँको आयात भएको छ। जबकि, गत बर्षको क्रिसमसका लागि कूल आयात नै ४ करोड ७३ लाख रहेको छ।
गत वर्ष १० वटा देशबाट नेपालमा क्रिसमसका लागि आवश्यक सामग्री आयात भएको थियो। चीनसहित, इण्डोनेसिया, भारत, अष्ट्रिया, बेलायत, हङकङ, थाइल्याण्ड र अमेरिकाबाट नेपालमा क्रिसमसजन्य वस्तु आयात भएका छन्।
गत वर्ष चीनबाट भएको आयातमध्ये सबभन्दा धेरै अर्थात् ४ करोड २६ लाख रूपैयाँको क्रिसमस ट्रीमा प्रयोग हुने झिलमिले बत्ती रहेको केन्द्रको तथ्यांकले देखाउँछ। यस्तै, दोस्रोमा भारतबाट १० लाख ७५ हजार रूपैयाँको बत्ती आयात भएको केन्द्रले जनाएको छ।