‘क्रिसमस इभ’मा काठमाडौं (भिडिओ र तस्वीरहरू)

" /> ‘क्रिसमस इभ’मा काठमाडौं (भिडिओ र तस्वीरहरू)

"> आज क्रिसमस मनाइँदै : Dekhapadhi
आज क्रिसमस मनाइँदै
काठमाडौं। प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज क्रिसमस दिवस मनाउँदैछन्।

ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने यो चाडमा पछिल्लो समय अन्य धर्मका युवयुवती पनि रमाउने गरेका छन्।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सिबी गहतराजले बताएका छन्।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्दैछन्।

हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको गहतराजको भनाइ छ।

हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसको अवसरमा महासंघले सम्पूर्ण नेपालीमा  प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिको कामना गरेको छ।

पढ्नुहोस्:

‘क्रिसमस इभ’मा काठमाडौं (भिडिओ र तस्वीरहरू)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्