कारमा मृत भेटिएका तीन बालकको पहिचान खुल्यो
दाङ। तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको पहिचान खुलेको छ। मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका छ वर्षीय छोरा करण परियार रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्