भारतमा सवारीसाधनको बिक्री घट्यो
एजेन्सी। कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतमा अप्रिल महिनामा सवारीसाधनको बिक्री घटेको छ। भारतको ठूलो सवारी निर्माता मारुति सुजुकी इन्डियाले कोरोनाका कारण बिक्रीमा चार प्रतिशत गिरावट आएको शनिबार बताएको हो। त्यस्तै ह्युन्डेईको बिक्री आठ प्रतिशत घटेको कम्पनीले जानकारी दिएको छ। टाटाको उत्पादन ४१ तथा कियाको १६ प्रतिशत बिक्री घटेको कम्पनीहरुले बताएका छन्। अन्य कम्पनीका सवारी बिक्रीमा पनि गिरावट आएको छ।
प्रतिक्रिया दिनुहोस्