निषेधाज्ञा अवज्ञा गर्ने दुई हजार ९८ वटा सवारीसाधन होल्डमा काठमाडौं। ट्राफिक प्रहरीले शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २ हजार ९८ ओटा सवारीसाधनलाई होल्डमा राखिएको जनाएको छ। होल्डमा राखिएकामा १ हजार ६ सय ९ ओटा दुई पाङग्रे, ४०३ ओटा चार पाङग्रे र ८६ ओटा ठूला सवारीसाधन रहेका छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्